News Portal

  • वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    भक्तपुर, १० भदौ
    २४८३ पटक
    भक्तपुर, १० भदौ

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र साथीभाइको करको अगाडि अड्कले भन्दा बढी त खाई नै हालिन्छ ।

    दशैँमा धेरै खाइयो भनेर चिन्ता गर्नेहरुका लागि भक्तपुरको कौसलटार र सानोठिमीको बीचमा स्थित एक फिजिकल फिटनेस सेन्टरले आकर्षक अफर ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर २ मा रहेको वेब हिमालय हिमालय फिटनेस एण्ड स्पोर्ट्स सेन्टरले आकर्षक दशैँ अफर ल्याएको हो । यो संस्था वडा कार्यालय नजिकै रहेको छ ।

    वेब हिमालय हिमालय फिटनेस एण्ड स्पोर्ट्स सेन्टरले दशैको अवसर पारेर प्रति दिन १ सय रुपियाँमा फिटनेसका लागि आफ्नो सेवा उपलब्ध गराएको छ । फिजिकल फिटनेसका इच्छुक भए पनि भर्ना शुल्क र मासिक शुल्क तिर्न तयार नहुनेहरुका लागि वेबले आफ्नो दशैँ योजना अघि सारेको सस्थाका संचालक उमेश जंग सिजापतीले बताए ।

    सिजापतीका अनुसार १ सय रुपियाँ तिरेपछि एक दिनभरका लागि सेवाग्राहीलाई फिजिकल फिटनेसको सेवा उपलब्ध गराइन्छ । आफू अनुपस्थित दिनको पैसा नलाग्ने र इच्छा अनुसार आवश्यक दिनमा सेवा लिन सकिने उनको भनाई छ ।

    फिजिकल फिटनेसको लागि पर्याप्त आवश्यक सामाग्री भएको वेबमा कुसल प्रशिक्षकले फिटनेस सिकाउने हुँदा आफू सन्तुष्ट रहेको वेबको दशैँ अफरबाट आकर्षित भै फिटनेस शुरु गरेका स्थानीय रविन्द्र दाहालले बताए । यो शान्त वातारणमा पर्याप्त ठाउँ पुग्ने गरी खोलिएकोले आफूलाई धेरै मन परेको उनको भनाई छ ।

    फिटनेसलाई व्यवसाय भन्दा पनि सेवामुखी बनाउदै संचालन गरेको आफू पनि बडी बिल्डिंगमा लागेका वेब हिमालय फिटनेस एण्ड स्पोर्ट्स सेन्टरका संचालक उमेश जंग सिजापतीको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...