News Portal

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारस खड्काले दिए राजिनामा

    भक्तपुर, २८ असोज
    १२३२ पटक
    भक्तपुर, २८ असोज

    नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् ।

    उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तानी पद छाडेको घोषणा गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन उनले राजिनामा दिएका हुन् ।

    उनले आफ्नो ट्वीटर पोस्टमा पनि लेखेका छन्, ‘मैले मेरो कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको छु ।’ साथै आईसीसीले क्यानलाई फुकुवा गरेकोमा खुसी व्यक्त गर्दै नयाँ समितिलाई नेपाली क्रिकेटको विकासमा राम्रो काम गर्न शुभकामना समेत दिएका छन् ।

    नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए । पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी(ट्वान्टी विश्वकप खेलेको थियो । उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

    यस्तो छ पारसले राजिनामा पछि लेखेको ट्वीटर पोस्ट

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...