News Portal

  • दुधपाटीमा सडक पेटीमै दिनहुँ खेलिन्छ जुवा

    भक्तपुर, ९ कात्तिक
    १०४५ पटक
    भक्तपुर, ९ कात्तिक

    भक्तपुरमा तिहार संगै सडकमै जुवा खाल जमेको छ । मानिसहरुले कौडाको सट्टा लुडोको गोटीलाई नै जुवा खेल्न प्रयोग गरिरहेका छन् ।

    भक्तपुर-१ स्थित दुधपाटीमा तिहार अघि पनि विशेषगरी यातायात मजदुरहरु यस्तो जुवा खेल्न झुम्मिएका देखिन्छन् । शहर पस्ने द्वारको दायाँबायाँ नै मानिसहरु जुवा खेल्न व्यस्त भएको दृश्य देखिएपनि स्थानीय प्रहरीले हस्तक्षेप गरेको छैन ।

    बरको बोट मुनी र मिनी बसपार्क छेउको पेटीमा मानिसहरु झुम्मिएर जुवा खेलिरहेको दृश्य २ मिनेटको दुरीमा रहेको दुधपाटीस्थित महानगरीय प्रहरी प्रभागको आखाँमा पर्न नसक्दा दिनहुँ हजारौ रुपियाँको हारजित भैरहेको एक स्थानीयले बताए ।

    कतिपयले लुडो खेललाई नै बाजीमा जुवा जसरी खेल्ने गरेका छन् भने कतिले लुडोको गोटीलाई नै कौडा जस्तै प्रयोग गरी जुवा खेलिरहेका छन् । यसरी हेर्दा लुडो जस्तो देखिने खेलमा दर्शकलाई आफ्नो गोटीमा च्याखे थाप्ने सुबिधा समेत प्राप्त रहेको छ ।

    तिहार लागेसंगै बाजीको दर समेत बढ्दै गएको बताइएको छ । यसरी सडक पेटीमै जुवा खेलिदा समेत प्रहरी मौन रहेको भन्दै खेल देख्नेहरुले प्रहरीको आलोचना गर्दै हिड्ने गरेका छन् ।

    ”जुवातास बिरुद्ध ससक्त कारवाही चलाइरहेको भक्तपुर प्रहरीले सडक पेटीमै बसेर जुवा खेल्दा नदेख्नु बिडम्बना हो ।” एक शिक्षकले गुनासो गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...