News Portal

  • चाँगुनारायणमा शुक्रवार सार्वजनिक बिदा

    भक्तपुर, २१ कात्तिक
    १९१३ पटक
    भक्तपुर, २१ कात्तिक

    भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे ।

    नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक बिदा हुने भएकाे हाे ।

    हरिबोधनी एकादशीलाई धुमधामले मनाउन नगरभित्रका सबै सरकारी कार्यालय,सहकारी, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु लगायतमा सार्वजनिक बिदा दिइने घोषणा गरिएको बताइएकाे छ ।गत सालदेखि नै ठूली एकादेशी पनि भनिने हरिबोधनी एकादेशीका दिन सार्वजनिक बिदा दिन थालिएको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिमल्सिनाले बताए । ‘नगरपालिकाले आफ्नो क्यालेण्डरमै यस दिन बिदा उल्लेख गरेको छ ।’ भक्तपुर पोस्टसंग उनले भने ।

    खोटाङको जन्तेढुङ्गा गाउँपालिका,गुल्मीको रेसुंगा नगरपालिकाले पनि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

    के हाे हरिबोधनी एकादशी 

    हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । वर्षमा २४ वटा एकादशी पर्दछन् जसमध्ये सबैभन्दा ठूलो एकादशीकाे रुपमा हरिबोधनी एकादशीलाई  मानिन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन उठेकाले याे हरिबोधनी एकादशीका रुपमा चिनिएकाे पुराणहरूमा उल्लेख गरिएको छ ।

    भगवान विष्णु जागा हुने हुनाले यो दिन विष्णुको आराधना गर्न उपत्यकाका चार नारायण चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास रहि आएको छ ।  यस दिन तुलसीको बिबाह गरिदिने प्रचलन समेत छ ।

     

    यो पढ्नुभयो ?

    गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...