News Portal

  • कालापानीमा नेपालको विरुद्ध नेपालीकै प्रयोग गरिएको सांसद सुवालको खुलासा

    भक्तपुर, २५ कात्तिक
    २१५७ पटक
    भक्तपुर, २५ कात्तिक

    नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सांसद प्रेम सुवालले कालापानी नेपालीकै बलमा भारतले कब्जा गरेको बताएका छन् । कालापानी कब्जा गरेर भारतले नेपालबाट भर्ती गरेको गोर्खा फौज तैनाथ गरेको उनले बताए ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार बोल्दै सांसद सुवालले सन् १९५० मा भारतले कालापानीमा गोर्खा रेजिमेन्ट राखेको आफूलाई उक्त रेजिमेन्टका एक सैनिकले बताएको जिकिर गरे । नेपाल विरुद्ध नेपालीलाई नै प्रयोग गरेर भारतले कालापानी कब्जा गरेको र शाशक दल निरिह देखिएकाले भारतले अहिले आएर आफ्नो नयाँ नक्सामै यसलाई गाभेको उनको भनाइ छ ।

    ‘नेपालविरुद्ध नेपाली नै प्रयोग गरेको भारतीय विस्तारवादी चरित्र यतिबेला नाङ्गो भएको छ।’ सांसद सुवालले भने । भारतीय विस्तारवाद बाट बच्न गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने पनि उनले बताए ।

    सन् १९५०मा तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले कालापानीमा भारतीय सेना राख्न अनुमति दिएको दावी गर्दै सांसद सुवालले पछि त्यहाँ तैनाथ सेनाले कालीको मन्दिर बनाएर कालीमन्दिर बाट बग्ने पानीलाई सिमाना भनेर बिबाद निकालेको उनले जिकिर गरे । ‘भारतीय गोर्खा सेनामा भर्ती भएका श्रीप्रसाद बुढाथोकीको हवाला दिंदै सांसद सुवालले गोर्खा सैनिक कालापानीमा भारतले खटाएको जिकिर गरेका थिए । गोर्खा सैनिक आफ्नै मातृभूमिको बिरुद्ध परिचालित भएको कालापानी तथ्यले उजागर गरेको भन्दै उनले आफ्ना नौजवान अरुको सुरक्षा फौजमा खटाउन नहुने माग गरे ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्ने नेपालीलाई अराजक मान्न नहुने भन्दै उनले कूटनीतिक पहलका नाममा सरकारले अलमल गर्न नहुने बताए । लिपुलेक हडपेको कारण तत्काल नेपाली सेना र सशस्त्र प्रहरीलाई सिमा सुरक्षामा पठाउनुपर्ने सांसद सुवालले बिचार व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...