News Portal

  • राष्ट्रिय युवा संघ भक्तपुरमा राजु र अजयको नेतृत्व

    भक्तपुर, २८ कात्तिक
    २४९५ पटक
    भक्तपुर, २८ कात्तिक

    तत्कालिन वाईसीयल र युवा संघको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालले आफ्ना जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।.

    भक्तपुरमा उक्त संगठनका नेता राजु लुवन्जार श्रेष्ठ संयोजक चयन भएका छन् भने अजय श्रेष्ठलाई सहसंयोजक बनाइएको छ । राजु तत्कालिन युवा संघका हुन् भने अजय वाईसीयल पृष्ठभूमीका हुन् ।

    राष्ट्रिय युवा संघ नेपालको इन्चार्जको रुपमा नेकपाले आफ्ना केन्द्रीय सदस्य एवं भक्तपुर २ बाट निर्वाचित सांसद महेश बस्नेतलाई जिम्मेवारी दिएको छ भने सह-इन्चार्ज को रुपमा भक्तपुरमै बस्ने रामप्रसाद सापकोटा दीपशिखाले जिम्मेवारी पाएका छन् । इन्चार्ज र सह इन्चार्ज नै भक्तपुरका भएकाले यहाँका संयोजक र सहसंयोजकको विशेष भूमिका हुने उक्त संगठनका एक नेताले बताए ।

    युवा संघको केन्द्रीय पदाधिकारी वैठकले ७७ जिल्लामध्ये साविक युवा संघलाई ४२ जिल्ला र साविक योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई ३५ जिल्लाको नेतृत्व पाउने गरि सहमति गरिए बमोजिम जिल्ला नेतृत्व टुंगो लागेको  उक्त संगठनका केन्द्रीय सदस्य दिनेश थपलियाले जानकारी दिए । संघले सबै जिल्लाको नेतृत्व टुङ्गाएको जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...