News Portal

  • हेर्नुस् काठमाडौंमा सचिनले के गरे 

    भक्तपुर, ३० कात्तिक
    ८४२ पटक
    भक्तपुर, ३० कात्तिक

    महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाल भ्रमण अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदर्शनी खेल खेलेका छन्।

    शनिबार मध्यरातमा नेपाल आएका सचिन युनिसेफको सद्भावना दुतको रुपमा नेपाल आउने क्रममा बालबालिकाहरु सम्मिलित टिमसंग प्रदर्शनी खेल खेलेका थिए। सचिनले बालबालिकाहरुको एउटा टिमको नेतृत्व गरेका थिए भने अर्को टिमको नेतृत्व नेपालका पुर्व कप्तान बिनोद दासले गरेका थिए।

    तेन्दुलकरले खेलको दौरान ब्याटिंग गर्दै १ चौका मदतले ७ रन बनाए। बालबालिकासंग खेल भएकोले तेन्दुलकरले रमाइलोको लागि ब्याटिंग गरेका थिए। त्यसक्रममा उनले फिल्डरलाई आफ्नो क्याच लिने अवसर दिएका थिए। सचिनले कुल २ ओभर ब्याटिंग गरेका थिए। ब्याटिंगको अन्तिम बलमा सचिनले लंग अनमा चौका प्रहार गरेका थिए।

    खेलको दौरान सचिनले आफै फिल्डिंग सेट गरेका थिए भने विकेटकिपरको भूमिका निभाए। यस्तै उनले १ ओभर बलिङ्ग पनि गरे। सचिनले देब्रे हातले बलिङ्ग गरेका थिए। प्रदर्शनी खेल सचिनको टिमले जित्यो। पहिले ब्याटिंग गर्दै बिनोद दासको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले भेटायो।

    सचिनको ब्याटिंग 


    खेलपछि सचिनले आफ्नो भ्रमण बारे मन्तब्य समेत व्यक्त गरेका थिए। मन्तब्यको क्रममा उनले बालबालिकाहरुलाई गल्ति गर्नबाट नरोक्न अभिभावकहरुलाई अनुरोध गरेका थिए। गल्तिबाटनै पाठ सिक्ने हुँदा उनीहरुलाई गल्तिबाट सिक्ने अवसर प्रदान गर्नुपर्ने उनको जोड थियो। त्यस क्रममा उनले आफ्नो बाल्यकालमा आफु निकै चकचके बच्चा भएको समेत बताएका थिए।

    सम्बोधनको सुरुवात सचिनले ‘नमस्ते’ भन्दै गरेका थिए। मन्तब्यको क्रममा उनले मैदानमै उपस्थित नेपाली महिला राष्ट्रिय टिमलाई निडर भएर क्रिकेट खेल्न बताएका थिए।

    कार्यक्रममा सम्बोधन गर्ने क्रममा बिनोद दासले सचिन क्रिकेटको भगवान भएको र टियु मैदान रुपी मन्दिरमा उनलाई स्वागत छ भनेर सम्बोधन गरेका थिए।

    Sachin Tendulkar

    @sachin_rt

    नमस्ते Nepal 🇳🇵!

    Happy to be here in Kathmandu. Such a beautiful city!

    View image on Twitter

    औपचारिक कार्यक्रम पछि सचिनले प्रदर्शनी खेलमा सहभागी खेलाडीहरुलाई टिप्स दिएका थिए। त्यसपछि उनले नेपाली महिला राष्ट्रिय टिमसंग भेट्दै उनीहरुलाई टिप्स दिए। सो कार्यक्रम पछि अन्त्यमा उनि पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा सचिनले थोरै प्रश्नको जवाफ दिएका थिए। उक्त कार्यक्रम लगत्तै सचिन मैदानबाट बाहिरिएका थिए।

    फोटोहरुमा हेर्नुस टियुमा सचिनले के-के गरे 

    PHOTO – BINOD PANDEY , TWITTER

    ( फोटोहरु – युनिसेफ )

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...