News Portal

  • थिमीमा पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको मृत्यु

    भक्तपुर, १२ मङ्सिर
    १०१० पटक
    भक्तपुर, १२ मङ्सिर

    पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको ज्यान गएको छ । ज्यान जानेमा ज्योती मगर रहेकी छन् ।

    सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे घर भई हाल भक्तपुरको मध्यपुर थिमि ६ पूरानोठिमी बस्ने मगरलाई बा. १२ च. ५६५६ नं. को गाडीले ठक्कर दिदाँ उनको ज्यान गएको हो ।
    मध्यपुर थिमी ०५ स्थित प्राणोदय स्कुल नजिकै हिडिरहेकी मगरलाई बिहीवार बिहान सवा नौ बजे गाडीले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
    घाईते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा विहान ०९:३० बजेको समयमा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट टोली खटी गई प्रारम्भिक अनुसान्धान कार्य गरीएको र सवारी साधन तथा त्यसका चालक सिन्धुपाल्चोक घर भई हाल मध्यपुर थिमि न.पा. ७ नगदेश बस्ने बर्ष २८ को बेल बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रेवती रमण पोखरेलले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...