नेपालमा भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत सोमबार नेपालले १५ वटा स्वर्ण हात पार्न सफल भएको छ । नेपालले पहिलो दिन करातेमा ७ वटा, तेक्वान्दोमा ७ वटा तथा ट्रायथोलनमा एउटा गरी १५ वटा स्वर्ण हात पार्न सफल भएको हो।
स्वर्ण पदक विजेता खेलाडीहरु ( कराते )
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी ) – कुसुम खड्का
कराते (५० केजी मूनि) – अनु अधिकारी
स्वर्ण पदक विजेता खेलाडीहरु ( तेक्वान्दो )
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठतेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
स्वर्ण पदक विजेता ट्रायथलन – सोनी गुरुङ
रजत पदक विजेता खेलाडीहरु
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
कांस्य पदक विजेता
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथोलन – बसन्त थारु
सिना मादेन लिम्बी ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से विधामा नेपालकि सिना मादेन लिम्बुले स्वर्ण पदक जित्दै स्वर्ण संख्या पांच पुर्याएकी हुन्। उनले १८ देखि २३ वर्षको प्रतिस्पर्धामा सफलता हात पारेकी हुन्।
कमल श्रेष्ठ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।
सोनीका गुरुङ ( ट्रायथोलन )
पोखरामा विहान सम्पन्न खेलको ईलाईट स्प्रीन्टमा उनले स्वर्ण जितेकी थिईन्। ट्रायथोलनको क्रममा पौडीमा तेश्रो, साइक्लिंगमा दोश्रो स्थान हाँसिल गर्दा अन्तिमको दौडमा सोनीले पहिलो स्थान हात पारेकी थिईन्। यो विधामा रजत र कास्य पदक भने भारतले जित्यो।
मन्डेकाजि श्रेष्ठ ( कराते )
मन्डेकाजि श्रेष्ठले करातेमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण दिलाएका थिए। यसक्रममा उनले पाकिस्तानका नियमातुल्लाहलाई पराजित गरेका थिए।
मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग ( कराते )
यस्तै नेपालले कराते पुरुष कातामा पनि स्वर्ण जितेको छ। मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांगको टिमले स्वर्ण दिलाएका हुन्।
लक्ष्मण तामांग ( कराते )
करातेकै पुरुष कुमुते विधामा नेपालका लक्ष्मण तामांगले स्वर्ण दिलाएका छन्। उनले ५५ केजी तौल समुहमा स्वर्ण जित्ने क्रममा बंगलादेश खेलाडी मस्तोफालाई १-० ले पराजित गरे।
निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल ( कराते )
करातेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले २४.८८ स्कोर सहित सफलता हाँसिल गरेको थियो। नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्यो।
पार्वती गुरुङ ( तेक्वान्दो )
तेक्वान्दोको पुम्से महिला विधामा २३ देखि २९ वर्षको विधामा पार्वती गुरुङले स्वर्ण जितेकी हुन्। उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन्।
आयशा शाक्य ( तेक्वान्दो )
३० वर्ष माथिको उमेर समुहमा प्रतिस्पर्धा गर्दै स्वर्ण जित्ने क्रममा उनले फाइनलमा भारतीय खेलाडीलाई पछि पारिन्।
आयशा शाक्य र सन्जिबकुमार ओझा ( तेक्वान्दो )
तेक्वान्दो पुम्से जोडी विधामा स्वर्ण जित्ने क्रममा आयशा र सन्जिबले ८.१६० स्कोर गरेका थिए।
अनु अधिकारी ( कराते )
अनुले करातेको कुमुते विधा अन्तर्गत ५० केजी मुनि तौल समुहमा स्वर्ण जितेकी हुन्। फाइनलमा श्रीलंकाकी डन पौलुलाई ८-० ले पराजित गरिन्।
विप्लबलाल श्रेष्ठ ( कराते )
विप्लबलाल श्रेष्ठले करातेको ८५ केजी तौलसमुहमा स्वर्ण पदक जिते। उनले पाकिस्तानी खेलाडी मोहम्मद बाजलाई ६-५ ले पराजित गरे।
कुसुम खड्का ( कराते )
कुसुमले करातेको ४५ केजी मुनि तौल समुहमा स्वर्ण जितिन्। उनले बंगलादेशकि खेलाडी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितिन्।
निशा दर्नाल, स्वस्तिमा दर्नाल र संजिला तिमिल्सिना ( तेक्वान्दो )
तेक्वान्दोको टिम पेम्से विधामा निशा दर्नाल , स्वस्तिमा तामांग र संजिला तिमिल्सिनाले स्वर्ण पदक जितेका हुन्। १७ देखि २३ वर्ष उमेर समुहमा उनीहरुले स्वर्ण जितेका हुन्। यसक्रममा उनीहरुले भारतलाई पछि पारे।
निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राई ( तेक्वान्दो )
२३ देखि २९ वर्ष उमेर समुहमा निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राईले स्वर्ण जितेका हुन्। ७.९२ अंक प्राप्त गर्दै नेपालले जित्ने क्रममा श्रीलंका ( ७.८१० ) लाई पछि पार्यो।