News Portal

  • साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

    इभक्तपुर संवाददाता
    १०६१ पटक

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो ।

    नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे ।खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए ।

    ६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो ।जारी प्रतियोगितामा भुटानले यसअघि बङ्गलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा भुटानले दुई खेलबाट तीन अंक जोडेको छ भने नेपालले पहिलो खेलबाटै तीन अंक बटुलेको हो ।

    त्यसैगरी १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो।

    पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्यतिर एक गोल गर्दै जित सुनिश्चित गरेको छ। नेपालका तर्फबाट सरु भण्डारीले गरेको गोल नै निर्णायक बन्यो। सरुले अनिता केसीको क्रसलाई गोलमा परिणत गर्न सफल भएकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...