News Portal

  • भक्तपुरले पायो महिला सिडिओ : भक्तपुरको सिडिओमा हुमकलाको सरुवा

    ४४०५ पटक

    गृह मन्त्रालयले भक्तपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्ने क्रममा भक्तपुरको पनि परिवर्तन भएको हो ।

    गृहले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

    गृह मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको सिडिओको जिम्मेवारी दिएको बताइएको छ भने भक्तपुरमा रहेका सिडिओ नारायण प्रसाद भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको जानकारी प्राप्त भएको छ । हुमकला हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय प्रमुख हुन् ।

    पर्साका सिडिओ नारायण भट्टराई चितवन र चितवनका जितेन्द्र बस्नेतलाई पर्सा हेरफेर गरिएको छ । लमजुङका सिडिओ डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको र उनको ठाउमा लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको गृह श्रोतले जनाएको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो  ? पेज लाइक गरि फेसबुकमै खबर प्राप्त गर्नुहोस !

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...