News Portal

  • सूर्यविनायकबाट कालिञ्चोक पुगी फर्कदै थियो ६ किलोमा खसेको बस : बसमा सवार १४ को मृत्यु

    भक्तपुर, २९ मङ्सिर
    २२५३ पटक
    भक्तपुर, २९ मङ्सिर

    दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर आउदै गरेको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बा ४ ख ४४६८ नम्बरको यात्रुबाहक बस सूर्यविनायकबाट रिजर्भमा यात्रु बोकेर कालिञ्चोक गएको थियो । आइतवार सूर्यविनायक फर्कने क्रममा बिहान अन्दाजी ८ः१५ बजे ६ किलो भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो ।

    ख्वप प्रालिको उक्त बसका चालक फरार रहेका र सहचालक घाइते भएकाले बसमा सवार यात्रुको विवरण प्राप्त गर्न नसकिएको भक्तपुर सीडीओ पाण्डेको भनाइ छ । बस धनीको खोजी भैरहेको उनले बताइन ।

    प्रजिअ पाण्डेका अनुसार १२ यात्रुको घटनास्थलमै र २ को उपचारका लागि लैजादालैजादै बाटोमै मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेकाले बसमा सवार यात्रुका आफन्तको समेत खोजी भैरहेको प्रजिअ पाण्डेले जानकारी गराइन ।

    प्रजिअ पाण्डेले बताए अनुसार १८ यात्रु घाइते भएकोमा ८ को अवस्था गम्भीर छ । उनीहरुलाई हिम्स अस्पतालमा भर्ना गरी सघन उपचार भैरहेको छ भने १० जनाको सिन्धुपाल्चोकस्थित स्थानीय सिन्धु अस्पतालमै उपचार भैरहेको छ ।

    भक्तपुरको प्रहरी प्रशासनले दुर्घटना पछिको उद्धार र उपचारमा समन्वय गरिरहेको प्रजिअ पाण्डेले भक्तपुर पोस्ट संग बताएकी छन् ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस्

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...