News Portal

  • कागजपत्र बनाउंदै जग्गा बेच्दै

    सर्लाही, ३० मङ्सिर
    ११३७ पटक
    सर्लाही, ३० मङ्सिर

    सर्लाहीको उत्तर–पूर्वी भेगमा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण गरिरहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा सो कार्य भई रहेको हो ।

    केहि वर्षयता सिसौले भरिएको चौर थियो तर अहिले मानव बस्ती बन्दै गई रहेको छ । घर निर्माणसंगै मकै, तोरी, बेसार लगायतका बाली लगाउने र तरकारी खेती गरिरहेको छ ।

    फूलजोर बाबा साझेदारी वन क्षेत्रको सो चौरमा पक्कि घर निर्माण गरि व्यापार व्यसाय संचालनमा ल्याएको छ । एक आपसमा घरायशी कागज बनाएर चौरको जग्गा खरिद बिक्रि भई रहेको श्रोतले जनाएको छ ।

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिन्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरा लगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरी खेतीपाती गर्दै आएका हुन् । वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरेको छ । त्यस गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ ।

    केही वर्षअघि तत्कालीन जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन अतिक्रमण गरी बनाइएको संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरेको थियो । तर पछिल्लो समय अतिक्रमण क्षेत्र खाली गराउन चासो दिइएको छैन । बस्ती विस्तार हुँदै जाँदा थप वन अतिक्रमणमा पर्दै गएको छ । सुरुमा केही घर निर्माण गरिएका भए पनि अहिले बाक्लो बस्ती बसेको छ ।

    डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले वनको जग्गा किनबेच गर्नु गैरकानुनी कार्य भएको बताउनुभयो । उहाँले यस बारेमा तत्कालै आफू त्यहाँ गएर बुझ्ने समेत बताउनुभयो ।

    ‘सुकुम्बासीको नाममा हुकुम्बासीले वन अतिक्रमण गरेको सूचना हामीलाई आइरहेको छ, तत्कालै अन्य निकायसँग समन्वय गरी त्यस्तो गैरकानुनी कार्य रोक्छौँ’– डिभिजन वन प्रमुख देवले भन्नुभयो ।

    सर्लाहीमा पछिल्लो समय संरक्षण र कडाइका साथ रेखदेख नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ । वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...