News Portal

  • प्रजापति माथि चक्कु प्रहार गरेको आरोपमा च्याम्हासिंहबाट ३ युवक पक्राउ

    भक्तपुर, ३० मङ्सिर
    १९९२ पटक
    भक्तपुर, ३० मङ्सिर

    भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ३ बंशगोपाल बस्ने बर्ष १९ को राम शेखर शिलाकार र सोही ठाउँ बस्ने बर्ष १९ कै समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं ६ घर भई हाल बोडे बस्ने बर्ष १९ कै प्रबिण बस्नेत रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर पन्चलाल गोलेले जानकारी गराए ।

    इन्स्पेक्टर गोलेका अनुसार विवाहको जन्त गई फर्कन लागेका प्रजापतिलाई गत २५ गते राती अन्दाजी ९ बजेको समयमा भक्तपुर नगरपालिका १० स्थित कमलबिनायक बसपार्क नजिक शेखर र समिरसहितले चक्कु प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए । विशेष सूचनाको आधारमा प्रहरीले २८ गते च्याम्हासिंह स्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

    ”उनीहरु उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको छ ।” इन्स्पेक्टर गोलेले भने । उनका अनुसार चक्कु प्रहारमा परेका प्रजापतिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...