News Portal

  • प्रभु लाइफ इन्स्योरेन्सका तीन नयाँ शाखा

    भक्तपुर, ९ पुस
    ९१८ पटक
    भक्तपुर, ९ पुस

    प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन नयाँ शाखा विस्तार गरेको छ । सुर्खेत, कैलालीको र टीकापुरमा शाखा तथा अत्तरियामा उप–शाखा खोलेर कारोबार सुरु गरेको लिमिटेडको जानकारी छ ।

    कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले पुस ७ र ८ गते तीनवटै कार्यालयको उदघाटन गरेका हुन् । उनले कम्पनी शाखा विस्तारकै क्रममा रहेको बताए । उदघाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख व्यवसाय अधिकृत पनि सहभागी थिए ।

    प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बिमालाई गाउँसम्म पुर्‍याउने उद्देश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताए । आगामी दिनमा कम्पनीले आवश्यकताअनुरूप देशैभर थप शाखा विस्तार गर्दै लैजाने पनि उनले बताए ।

    पौडेलका अनुसार कम्पनीले सर्वसाधारणका लागि चाँडै ६० करोड रुपैयाँको सेयर निष्काशन गर्ने तयारीमा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...