News Portal

  • २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम भक्तपुरमा हुने

    भक्तपुर १३ पुस
    १४०३ पटक
    भक्तपुर १३ पुस

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । २२ वर्ष अघिदेखि माघ २ गते आयोजना गरिंदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा हुने भएको हो ।

    आइतबार गृहमन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठकबाट २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा गर्ने निर्णय गरिएको गृह श्रोतले बताएको छ । त्यतिमात्र होइन, समितिले सो को जिम्मा भक्तपुर नगरपालिकालाई दिएको जानकारी प्राप्त भएको छ ।

    ”गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सम्पन्न मूल समारोह समितिले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा गर्ने र सो कार्यक्रमको जिम्मा भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको छ ।” भक्तपुर नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले पुष्टि गरिन् ।

    आइतवार सम्पन्न बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ७२ सालको महाभूकम्प गएको ४ वर्ष बितिसक्दा पनि पुनःनिर्माण सन्तोषजनक हुन नसकेकोप्रति चिन्ता प्रकट गरेका थिए । भूकम्प लगायतका विपद्बाट जनतालाई सुरक्षित पार्ने प्रमुख दायित्व राज्यको भएको बताउँदै राज्यले आफ्नो दायित्वलाई पूरा गर्न सम्पूर्ण शक्ति लगाउने उनको भनाइ छ ।

    उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतले भुकम्पपछिको पुन:र्निमाणको अवस्थाबारे प्रकाश पारेका थिए भने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा पुनर्निमाणको अवस्था सन्तोषजनक रहेको बताए । ११६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदाहरुमध्ये भक्तपुर नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको र बाँकी पनि द्रुत गतिमा काम भैरहेको उनको दावी छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमार्फत प्रत्येक वर्ष भूकम्प दिवस मनाइरहेको अवगत गराउदै उनले भक्तपुरमा आयोजना हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरुपमा सम्पन्न गर्ने प्रतिवद्धता प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...