News Portal

  • सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता: प्रजापति

    इभक्तपुर संवाददाताभक्तपुर, १७ पुस
    ७०१ पटक
    भक्तपुर, १७ पुस

    भक्तपुर नगरपालिकाले नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहीबार आयोजित सो कार्यक्रममा सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्न आवश्यकता रहेको बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपाली सेनासँग सहकार्य गरी नगरबासी युवाहरुलाई तीन चरणमा १२२ जनालाई विपद् व्यवस्थापन न्युनीकरणसम्बन्धी तालिम प्रदान गरिसकेको कार्यक्रममार्फत जानकारी दिए ।

    उनले विद्यार्थी, युवाहरु बढी भएको ठाउँमा सचेतना कार्यक्रम आवश्यक भएको बताए । प्रमुख प्रजापतिले व्यक्तिगत फाइदा भन्दा संस्थागत फाइदा पुग्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै नपालाई कार्यक्षेत्र बनाएका संघ–संस्थाहरुले पारदर्शितामा ध्यान पुर्याउनुपर्ने बताएका छन् ।

    विपद् जुनसुकै ठाउँ र समयमा आउन सक्ने भएकोले समुदायका व्यक्तिहरुलाई सचेत गर्दै विपद् व्यवस्थापनमा सहजिकरण गर्न उपयुक्त हुने भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको भनाई छ ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, रेडक्रस सोसाइटी प्रदेश नं. ३ का उपाध्यक्ष कृष्णेश्वरी हाडाले पनि बोलेका थिए । उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमका संयोजक निलम ढुंगानाले उत्थानशील नगर प्रबद्र्धन सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...