News Portal

  • भक्तपुर बहुमुखी क्याम्पसले पायो नयाँ भवन : लायन्स क्लबकी डा. हिलद्वारा हस्तान्तरण

    भक्तपुर, १८ पुस
    १२२६ पटक
    भक्तपुर, १८ पुस

    लायन्स क्लब इन्टरनेशनलको अनुदानमा निर्मित भक्तपुर बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण गरिएको छ ।  क्लबकी तृतीय प्रमुख डा पेट्टी हिलले भवन हस्तान्तरण गरेकी हुन् ।

    शुक्रवार भक्तपुरको दुधपाटीस्थित क्याम्पस प्रांगणमा एक विशेष कार्यक्रमका बीच भवन हस्तान्तरण भएको हो । लायन्स क्लब इन्टरनेशनलको तर्फबाट ‘थर्ड प्रेसिडेन्ट’ डा पेट्टी हिलले भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा कृष्णप्रसाद पोखरेललाई सांकेतिक साचो प्रदान गर्दै भवन हस्तान्तरण गरिएको थियो ।

    उक्त अवसरमा बोल्दै शिक्षा एवं बाल मनोविद समेत रहेकी डा हिलले क्याम्पस भवन बनाउनु भनेको विद्यार्थीको भविष्य बनाउनु भएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् । शिक्षा बिना समाज अघि बढ्न नसक्ने भन्दै डा हिलले शिक्षा क्षेत्रमा सबैको हातेमालो आवश्यक रहेको बताइन । नेपालमा लायन्स क्लब इन्टरनेशनलले थप सहयोग गर्ने समेत उनले प्रतिवद्धता प्रकट गरेकी थिइन् । क्यानाडाकी नागरिक डा हिल इटालीमा भएको क्लबको गत निर्वाचनमा लेबनानको प्रतिस्पर्धीलाई पराजित गर्दै थर्ड प्रेसिडेन्ट बनेकी थिइन् । नेपाललाई माया गर्ने डा हिलले भक्तपुरको क्याम्पस भवन बनाउन क्लबको तर्फबाट अनुदानको पहल गरेकी भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ ।

    लायन्स क्लब इन्टरनेशनलको बहुजिल्ला ३२५ नेपालले दुई करोड छ लाखको लागतमा दुई तलाको आठ कोठे पक्की भवन बनाइदिएको क्याम्पस प्रमुख डा कृष्णप्रसाद पोखरेलले बताए । भवन सगै पठनपाठनमा आवस्यक फर्निचर र शौचालय समेत बनाइदिएको उनको भनाइ छ । नयाँ भवन पाए संगै विद्यार्थीलाई कक्षा कोठाको व्यवस्थापन गर्न सजिलो हुने क्याम्पस प्रमुख पोखरेलले बताए ।

    भवन हस्तान्तरण पछि डा पेट्टी हिलले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन समेत गरेकी थिइन् । उक्त भवन हस्तान्तरण र उद्घाटन कार्यक्रममा उनका श्रीमान् समेत सहभागी भएका थिए । त्यसैगरी क्लबका नेपाल प्रेसिडेन्ट लगायत व्यक्तित्वहरु, भक्तपुर क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु, शिक्षाप्रेमी र विद्यार्थीहरु वर्षाको बाबजुद कार्यक्रममा सहभागी बनेका थिए ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...