News Portal

  • मध्यपुरमा रिसोर्टलाई नै जुवा घर बनाउने १४ जुवाडे ७ लाख बढी नगद सहित समातिए

    भक्तपुर, २१ पुस
    १७५१ पटक
    भक्तपुर, २१ पुस

    रिसोर्टलाई नै जुवा घर बनाई जुवा तास खेलिरहेको अवस्थामा १४ जना प्रहरीको फन्दामा परेका छन् । सोमबार करिब ३ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निलबाराही टिगनी स्थित सुर्य बहादुर श्रेष्ठले संचालन गरेको निल बाराही रिसोर्टमा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रहेका इन्स्पेक्टर पंचलाल गोलेले दिएको जानकारी अनुसार उनीहरु सुराकीको आधारमा समातिएका हुन् ।

    ”महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको बिशेष टोलीले चेकजाँच गर्दा १४ जना मानिसहरु जुवा तास खेली रहेको अबस्थामा फेला पारी पक्राउ गरिएको छ ।” इन्स्पेक्टर गोलेले भने । उक्त खालबाट ४  बुक तास, नगद ७ लाख ३ हजार १सय ९० नेपाली रुपैया र भारतिय रुपैया रु.७हजार ६सय ६० समेत बरामद गरीएको गोलेले जानकारी गराए ।

    पक्राउ परेका सबैजनालाई सोमबार नै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा खेलेको र खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका जुवाडे भनिएका व्यक्तिहरुको पहिचान भने सार्वजनिक गरेको छैन ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...