News Portal

  • भक्तपुर नगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक ऋण : पढाइ पूरा नहुन्जेल तिर्नु नपर्ने

    भक्तपुर, २२ पुस
    १२०९ पटक
    भक्तपुर, २२ पुस

    भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने कार्यको निरन्तरता दिंदै नगरपालिकाले यस वर्ष ९१ विद्यार्थीलाई सो ऋण उपलब्ध गराउने भएको हो ।

    मंगलवार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख सुनिल प्रजापतिले शिक्षाले मात्र समाज सभ्य र सम्पन्न हुने बताए । असल र योग्य नागरिक उत्पादन गर्न नगरपालिकाले शैक्षिक ऋणको व्यवस्था गरेको बताउदै प्रमुख प्रजापतिले ऋणको सही सदुपयोगको हुने विस्वास व्यक्त गरे ।

    उक्त अवसरमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ प्रस्तुत गरेका थिए । भक्तपुर नगर भित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक ५ लाखसम्म ऋण उपलब्ध गराउदै आएको ज्याख्वले भक्तपुर पोस्टलाइ जानकारी गराए । उनाका अनुसार गत वर्ष ३७ जनालाई दीएको ऋण यसवर्ष ९१ जनाले प्राप्त गर्नेछन । त्यसका लागि ५ करोड रकम बिनियोजन गरिएको उनको भनाइ छ । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला लागयातले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पारेका थिए ।

    भक्तपुर नगरपालिकाले गरिब र जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पुर्याउन शैक्षिक ऋणको व्यवस्था गरेको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो । विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण लिन सक्छन । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र भने वार्षिक २५ प्रतिसतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । ऋण असुली गर्दा ६ प्रतिसतको दरले ब्याज समेत तिर्नुपर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...