News Portal

  • मध्यपुर थिमीमा बृहत फोटो प्रदर्शनी सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ
    १५१३ पटक
    भक्तपुर, ४ माघ

    मध्यपुर सञ्चार समाजको आयोजनामा बृहत फोटो प्रदर्शनी सम्पन्न भएको छ । शनिवार मध्यपुर थिमी ४ स्थित शंखधर चोकमा भब्यरुपमा प्रदर्शनी सम्पन्न भएको हो ।

    राष्ट्रिय विभुती शंखधर साख्वा:को शालिक नजिकै प्रदर्शनी स्थल बनाइ मध्यपुर नगरपालिका भित्र खिचिएका फोटोहरु प्रदर्शनीमा राखिएका थिए । पत्रकार तथा फोटोग्राफर गरी १८ जनाले खिचेका २ सय ३५ वटा फोटोहरु प्रदर्शनीमा राखिएका मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले बताए । मध्यपुर थिमीको ऐतिहासिक, सास्कृतिक कला र सस्कृतीको प्रचारप्रसार,प्रवर्द्धन एवं सम्वर्द्धन गर्न प्रदर्शनी आयोजना गरिएको समाजका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    विहान १० बजे देखि अवलोकनका लागि खुला गरिएको प्रदर्शनी बेलुकी ५ बजेसम्म चलेको आयोजकले बताएको छ । करिब ४ सय ५० अवलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गरेका बताइएको छ । संघीय सांसद महेश बस्नेत, रास्ट्रिय विभुती शंखधर साख्वा: प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ,सस्कृतीविद गणेशराज लाक्षी, वासुदेव स्मृती प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशी, नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, प्रेस संगठन नेपालका भक्तपुर जिल्ला सहसंयोजक संजीप शुभचिन्तक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, सहकारी सस्थाका पदाधिकारी, सामाजिक सस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीयले प्रदर्शनीको अभिरुचीपूर्वक अवलोकन गरेका आयोजकले जनाएको छ ।

    मध्यपुर थिमी नगरपालिकाले प्रवर्द्धन गरेको उक्त वृहत फोटो प्रदर्शनीको उद्घाटन भने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले गरेका थिए । उद्घाटन पछि मन्तब्य व्यक्त गर्दै प्रमुख श्रेष्ठले यस्ताखाले प्रदर्शनीले मध्यपुरबारे बुझ्न सजिलो हुने र नेपाल भ्रमण वर्षमा मध्यपुरलाई पनि आकर्षणको केन्द्र बनाउन थप सहयोग पुग्ने विस्वास व्यक्त गरेका थिए । उक्त अवसरमा जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठ, मध्यपुर थिमी वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकी लगायतले सञ्चारमा फोटोको महत्वमाथि प्रकाश पार्दै फोटो प्रदर्शनीको आयोजना गरेकोमा मध्यपुर सञ्चार समाजको प्रशंसा गरेका थिए ।

    सच्याइएको : वडा नम्बर ४ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...