News Portal

  • नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले बुझाए प्रजिअ पाण्डेलाई विरोध पत्र

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ माघ २०७६
    १५३९ पटक
    भक्तपुर, ५ माघ २०७६

    नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पुस १७ मा बसेको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकको बिरोध गर्ने निर्णय गरे बमोजिम भक्तपुरमा पनि यसको बिरोध गरिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम अनुसार भक्तपुरमा पनि बिरोध पत्र बुझाइएको हो ।

    आइतबार नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नेतृ उर्मिला वनले बताइन् । उक्त अवसरमा प्रदेश सांसद रजनी जोंछें र कृष्णलाल भडेलसमेत सहभागी भएका थिए ।

    विरोध पत्र बुझाउन दलबल सहित पार्टी कार्यालयबाट जिल्ला प्रशासन कार्यालय पुगेको काँग्रेस टोलीलाई भेट्न प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे आफै कार्यालय बाहिर आएकी थिइन् । उनको साथमा जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधान पनि थिए । पाण्डेमार्फत काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाए । पत्र बुझ्दै प्रजिअ पाण्डेले गृहमन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पत्र पुर्याइदिने प्रतिवद्धता प्रकट गरेकी थिइन् ।

    वर्तमान सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोलेकोले बिरोधमा उत्रनुको बिकल्प नभएको भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । नागरिक अधिकारको रक्षा गर्नु काँग्रेसको कर्तब्य भएको भन्दै थापाले कम्युनिस्ट अधिनायकबाद लोकतन्त्रको लागि खतरा भएको बताए । नागरिक अधिकार हनन हुने कुनैपनि कानुन काँग्रेसलाई मान्य नहुने उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...