News Portal

  • मेस्सीको गोलमा बार्सिलोना विजयी, पुनः शीर्ष स्थानमा

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    ८६६ पटक
    ६ माघ २०७६

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् ।

    अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । डेब्यु खेलमै सेटिनले जित प्राप्त गरेका छन् ।६९ औ मिनेटमा साञ्चेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो ।

    बार्सिलोनाले अधिकांश समय बलमा पोजिसन लिए पनि गोल गर्न भने सकेन । जब डिफेन्डर साञ्चेज कार्ड खादै मैदान बाहिरिए, मेस्सीले गोल गर्न सफल रहे । मेस्सीको गोलसंगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...