News Portal

  • भक्तपुर आएर पूर्वराष्ट्रपतिले भने-भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १२ माघ
    १६३१ पटक
    भक्तपुर, १२ माघ

    नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् ।

    शनिवार भक्तपुरमा ‘रवीन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन’ को दशौ वार्षिकोत्सब कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्व रास्ट्रपति यादवले चार लेनको हुने भनिएको मदन भण्डारी राजमार्गले चुरेको प्राकृतिक वातावरण बिगार्ने र कालान्तरमा त्यसले अन्नको भण्डारको रुपमा रहेको तराईमधेसलाई समेत मरुभूमि बनाउने बताए । “भूमि संरक्षण बिना अन्य संरक्षण कार्यको अर्थ हुँदैन यसर्थ हामी सबैले हाम्रो भूमिको भौतिक, प्राकृतिक,जैविक लगायत वातावरण बचाइराख्नुपर्छ ।” उनले भने ।

    उक्त अवसरमा प्रथम रास्ट्रपति यादवले रवीन्द्र पुरीले कला र सस्कृती संरक्षण तथा शिक्षाको क्षेत्रमा आफ्नै सम्पत्ति दिएर शुरु गरेको फाउन्डेसनले गरेका कामहरू प्रसंशनीय रहेको भन्दै पुरीबाट समाजले सिक्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले पैसाको पछि दौडिरहेको समाजमा रवीन्द्र पुरीले आफ्नै ब्यक्तिगत सम्पतीलाई कला र सस्कृतीको संरक्षणमा लगाउनु एक उदाहरणीय काम भएको भनेका थिए भने शिक्षाविद् केदारभक्त माथेमाले रवीन्द्र पुरी फाउन्डेसनले शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएकोप्रती आभार प्रकट गरे । त्यसैगरी नेपालका लागि जर्मन राजदूतले रवीन्द्र पुरी फाउन्डेसन लाई आफ्नो देशको सदैव साथ र सहयोग रहने आस्वासन दिएका थिए ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजसेवी एवं संरक्षणविद रवीन्द्र पुरीले रवीन्द्र पुरी फाउन्डेसन एउटा सपना देख्ने र  कर्म गर्ने प्लेट्फर्म भएको भन्दै यसले १० वर्षमा गरेका कामबारे बताएका थिए । उक्त अवसरमा पुरीले आफ्नो आगामी लक्ष्य ३ वटा हजार भएको भनेका थिए । “रवीन्द्र पुरी फाउन्डेसनलाई  हजार कर्मचारी काम गर्ने सस्थाको रुपमा विकास गर्ने, नेपाल भोकेसनल एकेडेमी मार्फत बर्षमा १ हजार शीपयुक्त जनशक्ति उत्पादन गर्ने र प्रत्येक वर्ष कम्तीमा १ हजार युवालाई बिदेशमा दुख पाउन जानबाट रोक्ने प्रतिवद्धता प्रकट गर्दछु ।” पुरीले भने । उक्त अवसरमा पत्रीका नमुना घर र कविता संग्रह रेड मूनको बिमोचन समेत गरिनुका साथै विविध मनोरञ्जनत्मक एवम सन्देशमूलक प्रस्तुती प्रदर्शन गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...