News Portal

  • भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध, गुमायो अग्रता लिने अवशर

    भक्तपुरपोष्ट संवाददाता१२ माघ २०७६
    १३०६ पटक
    १२ माघ २०७६

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

    जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

    खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि पहिलो हार ब्यहोरेका छन् । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।

    बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...