News Portal

  • भक्तपुर ट्राफिकले पायो आफ्नै भवन,आइजीपीले उद्घाटन गरे एसएसपी हुँदा शिलान्यास गरेको भवन

    तारा अधिकारी निकिसा / भक्तपुर पोस्ट भक्तपुर, १३ माघ
    २९९९ पटक
    भक्तपुर, १३ माघ

    महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आफ्नै कार्यालय भवन पाएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहँदा उनैले शिलान्यास गरेको भवन संयोगबस उनी आफैले उद्घाटन समेत गर्ने अवसर प्राप्त गरेका छन् ।

    सोमबार एक बिशेष कार्यक्रमका बीच उक्त भवन आइजीपी खनालले उद्घाटन गरेका हुन् । २०७४ सालमा एसएसपी हुँदा उनले सूर्यविनायकको चुनदेवीमा भवन शिलान्यास गरेका थिए । उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो ।

    निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले सोमबार प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण गरेका हुन् । भक्तपुर ट्रक यातायात व्यवसायी संघका अध्यक्ष समेत रहेका भवन निर्माण समितिका अध्यक्ष प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई नवनिर्मित कार्यालय भवनको सांकेतिक साचो सुम्पदै भवन हस्तान्तरण गरेका थिए ।

    प्राप्त भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप वृद्धि हुने विस्वास व्यक्त गरे । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएको भन्दै उनले समुदाय र प्रहरी बीच प्रगाढ सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रहरीको प्रमुख काम शान्ति सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नु भएको भन्दै आइजीपी खनालले यसका लागि प्रहरी सदैव समुदायसंग समन्वय गरेर अगाडि बढ्नुपर्ने समेत बताए ।

    समारोहमा भक्तपुरकी सीडीओ हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्‍वराज पोखरेल, महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमली लगायतले सल्लाघारीस्थित हाइटेन्सन तार मुनीको साघुरो कार्यालयमा बसेर पनि सेवा गरिरहेका ट्राफिक प्रहरीको प्रसंसा गर्दै चुनदेवीमा निर्मित आफ्नै नयाँ भवनले काममा थप चुस्तता आउने बिस्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...