News Portal

  • सङ्कटा माथि मनाङ–मस्र्याङ्दी क्लबको रवाफ

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ९७५ पटक
    १५ माघ २०७६

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।मनाङले खेलको ४२औँ मिनेटमा सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट शुरुआती अग्रता बनायो ।

    अञ्जन विष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका थिए । अमितले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मनाङका अञ्जन विष्टले एक गोल थपे ।उनले खेलको ४३औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी मनाङका अर्का खेलाडी निशान लिम्बूले खेलको ७१आँै मिनेटमा गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।

    लिगमा नवौँ खेल खेलेको मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मनाङले जारी लिगमा १९ अङ्क जोड्दै अङ्क तालिको तेस्रो स्थानमा । त्यस्तै समान नवौँ खेल खेलेको सङ्कटाको १२ अङ्क रहेको छ । सङ्कटा अङ्क तालिकाको आठौँ स्थानमा छ ।बिहीबारको पहिलो खेलमा फ्रेण्डस क्लब र च्यासल युथ क्लबवीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी)ले बिग्रेड ब्वाइज क्लबको सामना गर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...