News Portal

  • सुपर ओभरमा भारतले न्यूजिल्यान्डलाई हरायो

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    १४३८ पटक
    १५ माघ २०७६

    एजेन्सी ।  भारतले न्यूजिल्यान्डसँगको तेस्रो ट्वान्टी–२० सुपर ओभरमा जितेको छ । २० ओभरको खेलमा दुवै टिमले १७९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियाे ।

    पहिला ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउदै १७९ रन बनायो। १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ विकेट गुमाएर १७९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियाे।

    सुपर ओभरमा पुगेपछि पहिला ब्याटिङ् गरेको न्यूजिल्यान्डले १७ रन बनायो। भारतले बलिङ गर्न मैदानमा उतारेका तीव्र गतिका बलर जसप्रित बुम्राहलाई मार्टिन गुप्तिलले ५ र केन विलियम्सनले ११ रन प्रहार गरे भने एक रन लेग बाइमा आयो। जवाफमा १८ रनको लक्ष्य पछ्याएको भारतले ६ बल नै खेलेर २० रन बनायो।

    बलिङका लागि न्यूजिल्यान्डले मैदानमा उतारेका तीव्र गतिका बलर टीम साउथीलाई ब्याटिङमा आएका भारतका रोहित शर्माले १५ र केएल राहुलले ५ रन प्रहार गरे । शर्माले पहिलो बलमा २, दोस्रो बलमा १ तथा पाँचौ र छैटौं बलमा ६/६ रन प्रहार गरे भने राहुलले तेस्रो बलमा ४ र चौथो बलमा १ रन प्रहार गरे।

    टस हारेर ब्याटिङमा आएको भारतका लागि ४० बलमा ६५ रन बनाउनु बाहेक अन्य खेलाडीले अर्धशतक बनाउन सकेनन्। बलिङमा न्यूजिल्यान्डका हामिस बेन्नेटले ३ तथा कोलिन डे ग्राण्डहोम र मिचेल सान्टेरले १/१ विकेट लिए। न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४८ बल खेलेर ९५ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। बलिङमा भारतका सार्दुल ठाकुर र मोहम्मद सामीले २/२ विकेट लिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...