News Portal

  • जाँदाजाँदै पौडेल भन्नुहुन्छ- माटोको हित चिताएर काम गरौं

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    १५८३ पटक
    २० माघ २०७६

     

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त हुनुभएको छ ।

    यही माघ १७ गते उमेर हदका कारण निवृत्त हुनुभएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गर्नुभएको थियो । शाखा अधिकृतबाट सेवा शुरू गर्नुभएका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड हुनुभएको छ ।

    सरकारले चाहँदा पौडेल सचिवमा बढुवा भई निवृत्त हुन सक्नुहुन्थ्यो । यही माघ २० गतेबाट ५ जना सचिव सेवा निवृत्त हुँदै गर्दा सहसचिव पौडेल तीन दिन अघि नै रिटायर्ड हुनुभयो ।

    उहाँ निवृत्त हुने समयमा दुईजना सचिव रिटायर्ड भइसकेकाले सो पद खाली रहेको थियो । ती मध्ये एकमा पौडेललाई बढुवा गर्न सकिन्थ्यो । ‘सरकारले विवेक पुर्याउन सक्थ्यो तर त्यसो भएन’ पौडेल नजिक रहेका एक कर्मचारीको गुनासो थियो ।

    कास्की जिल्ला स्थायी निवासी पौडेल निजामति सेवामा आउनु अघि करिब चार वर्ष शिक्षण पनि गर्नुभएको थियो । त्यस्तै चारवर्ष स्रोत व्यक्तिको रुपमा पनि सेवा गर्नुभयो ।

    निजामती सेवा प्रवेश गर्दा सुर्खेतस्थित मध्यपश्चिमाल क्षेत्रीय शिक्षा निर्देशनालयबाट नियुक्ति लिई उहाँले काम थाल्नुभएको थियो ।  उपसचिवमा बढुवा भएपछि विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा सेवा गर्नुभएका पौडेलसँग कामु क्षेत्रीय निर्देशकको भूमिका निर्वाह गरेको अनुभव छ ।

    सहसचिवमा बढुवा भएपछि क्षेशिनि, अनौपचारिक शिक्षा केन्द्रको निर्देशक, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक र अन्त्यमा शिक्षा विभाग हुँदै उहाँ हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा रहेर रिटायर्ड हुनुभएको छ ।

    सरकारी सेवामा रहेर उल्लेखनीय काम गर्न पाउँदा आफूलाई खुशी लागेको उहाँको अनुभूति छ । साथै, थुप्रै नमिठो अनुभव पनि उहाँसित रहेका छन् ।

    अवकाशपछि पनि उत्तिकै सक्रिय रहेर समाज र देशको सेवामा आफू रहने पौडेल बताउनुहुन्छ । हाल कार्यरत सहकर्मी कर्मचारीहरूलाई पौडेलको आग्रह छ, ‘मैले के दिन सकँ भनेर उच्च मनोबलका साथ माटोको  हित चिताएर काम गरौं ।’
    -आजको शिक्षा साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...