News Portal

  • भक्तपुरमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    ९७९ पटक
    २२ माघ २०७६

    भक्तपुर । बुधबारदेखि भक्तपुरमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु  भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी सुरु हुन लागेको हो। कलेजका प्राचार्य रूपक जोशीले प्रदर्शनमा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताए। प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिब आठ हजारले अवलोकन गरेका थिए।

    प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका, ललितपुर र भक्तपुरसहित उपत्यकाबाहिरबाट पनि विद्यार्थीको सहभागीता हुने उनले बताए। अवलोकन गर्नआउने विद्यार्थीबाट कुनै शुल्क नलिने प्राचार्य जोशीले जनाए। प्रदर्शनीमा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा कक्षा ११ देखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी हुने छ।

    विद्यार्थीले बनाएका सयौं स्टलबाट त्यस क्रममा हुने प्रचार्य जोशीले बताए। भक्तपुर नगरपालिका–६ मा रहेको कलेजको प्रांगनमा प्रदर्शनी हुनेछ। यसअघि प्रदर्शनीका लागि एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको थियो। प्रदर्शनी कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न २१ वटा उपसमितिहरूसमेत गठन गरिएको छ।

    गत माघ ११ गतेदेखि प्रदर्शनीको पूर्वसन्ध्यामा भक्तपुर जिल्लास्तरीय विभिन्न प्रतियोगिता पनि सुरु भएका थिए। कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीबीच बक्तृत्वकला, चित्रकला, हाजिरीजवाफलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो। यस अवसरमा विभिन्न आन्तरिक प्रतियोगिता अझैपनि सञ्चालन भइरहेको बताइएको छ।

    प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गर्ने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रचार्य जोशीले जानकारी दिए। यो कार्यक्रमबाट विद्यार्थीले नयाँ ज्ञान सिप प्राप्त गर्ने विद्यालयको विश्वास रहेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...