News Portal

  • अमेरिकासामु नेपालले दियो १९१ रनको लक्ष्य, कुशल र विनोदको अर्धशतक

    भक्तपुरपोष्ट संवाददाता२५ माघ २०७६
    ८५७ पटक
    २५ माघ २०७६

    काठमाडौं । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

    युवा खेलाडी कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । कुशल नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने सातौ र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए । शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसंग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

    ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए ।

    लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयीभएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशल मल्लले ओडिआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसंग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो ।

    कुशलले ओडिआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे । ३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए ।

    त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए । अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होलायण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।

    विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...