News Portal

  • डेब्यू खेलमै कुशलको कीर्तिमान

    भक्तपुरपोष्ट संवाददाता२५ माघ २०७६
    १२८८ पटक
    २५ माघ २०७६

    काठमाडौँ । कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्।

    आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार अमेरिकाविरुद्ध कुशलले अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन्।

    उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो। रोहितले एक वर्षअघि दुबईमा यूएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन्।

    कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे। उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए।

    कुशलले यसअघि राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय टी–२० मा जिम्बावेविरुद्धको खेलबाट डेब्यू गरेका थिए। उनले सेप्टेम्बर २०१९ मा सिङ्गापुरमा भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत जिम्बावेविरुद्ध ब्याटिङ गरेका थिए। उक्त खेलमा उनले ६ बलमा २ रन बनाएका थिए।

    यसअघि रोहितले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाउँदै एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छा उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका थिए। उनले यूएईविरुद्धको एकदिवसीय खेलमा ५५ रन बनाएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...