News Portal

  • ओमानसँग फेरि हार्‍यो नेपाल

    भक्तपुरपोष्ट संवाददाता
    ७९७ पटक

    आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली बलर निरही बनेपछि ओमान सहजै विजयी भएको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग-यो ।

    ओमानका लागि अकिब इलियासले शतकीय पारी खेले। उनले १०८ बल खेल्दै एक छक्का र १२ औकाको मद्दतमा अविजित १०९ रन बनाए । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो ।

    यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिए । दुबै जनाले १६७ रनको साझेदारी गरे । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बनाए भने बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिए।

    यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गरे । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फर्किएका सुवासले २२ रन बनाए । यस क्रममा उनले एक चौका हाने । ज्ञानेन्द्रले अर्धशतकीय पारी खेले । अमेरिकासितको खेलमा २१ रन मात्र बनाएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गरे ।

    उनले ५६ रन बनाए । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौकासमेत प्रहार गरे। पारस खड्काले ३४ बलमा ३८ रन बनाए । यसमा उनको एक छक्का र छ चौका सामेल थियो । यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाए। उनी रन लिने क्रममा आउट भए । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान दिए।

    आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाए । सन्दिप लामिछानेले अविजित १० तथा आजको खेलमा डेब्यु गरेका कमलसिंह ऐरीले अविजित नौ रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिए । सतकीय पारीका साथै चार विकेटसमेत लिए ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित भए । ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

    हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...