News Portal

  • अस्थायी र राहत शिक्षक भिन्दाभिन्दै, राहतलाई अस्थायीको कानूनी व्यवस्था लागु नहुने

    भक्तपुरपोष्ट संवाददाता२७माघ २०७६
    २९६० पटक
    २७माघ २०७६

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षक र राहत दरबन्दीमा कार्यरत शिक्षक भिन्दाभिन्दै भएको जनाएको छ ।

    सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र लेख्दै इकाईले अस्थायी शिक्षकको हकमा लागु हुने ऐनको व्यवस्था राहत शिक्षकको हकमा लागु नहुने जनाएको हो ।

    प्रस्तुत विषयमा शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (च) को उपदफा (१) को खण्ड (ख) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लिखित अस्थायी शिक्षक भन्ने वाक्यांशले राहत शिक्षकलाई नजनाउने र राहत शिक्षक कोटामा कार्यरत शिक्षकको हकमा सो ऐनको दफा ११च को उपदफा (१०) आकर्षित नहुने केन्द्रले लेखेको पत्रमा उल्लेख छ ।

    सो सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट माघ २४ गते मन्त्रीस्तरीय निर्णय भएकाले सो अनुसार कार्यान्वयन गर्न गराउन केन्द्रले इकाईहरुलाई निर्देशन दिएको छ ।

    अस्थायी शिक्षकका सम्बन्धमा भएको व्यवस्थामा टेकेर जिल्लाहरुमा राहत दरबन्दीका शिक्षकहरुलाई हटाउन थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

    ऐनको दफा ११च को उपदफा (१०) मा के छ ?

    (१०) उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको विज्ञापनमा उम्मेदवार नहुने अस्थायी शिक्षक र त्यस्तो विज्ञापन बमोजिम लिइएको प्रतियोगितात्मक परीक्षामा छनौट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकास भएको मानिने छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...