News Portal

  • संकटालाई हराउँदै मछिन्द्र फेरी शीर्षस्थानमा

    भक्तपुरपोष्ट संवाददाता२७ माघ २०७६
    ९४६ पटक
    २७ माघ २०७६

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लव पुनः शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लवले संकटा क्लवमाथि ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका खेलाडी देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक राइले एक/एक गोल गरे। संकटाका लागि एक मात्रै गोल मेसोउकेले गरे।

    मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै उपाधि होड कायमै राखेको हो। यद्यपी आर्मीले एक खेल खेल्न बाँकी छ। संकटा क्लब १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ।यसअघि सोमबारै भएका अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ टिम र च्यासल युथ क्लब विजयी भएका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...