News Portal

  • लजालु पेले, लाजको कारण घरबाट निस्कदैनन्

    भक्तपुरपोष्ट संवाददाता२८ माघ २०७६
    १२२६ पटक
    २८ माघ २०७६

    काठमाडौं । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् ।

    तीन पटक विश्वकप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो ।७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिंड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ ।
    ‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए ।

    पेलेले आफ्नो २१ वर्षको करियरमा एक हजार ३६३ खेलमा एक हजार २०८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१ खेलमा उनले ७७ गोल हानेका छन् । पछिल्लो समय उनको स्वास्थ्यबारे सबैले चिन्ता व्यक्त गरिरहेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट शल्यक्रिया भएको थियो । त्यसको ६ महिनापछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।

    ‘एक पटक सोच्नुहोस् त, उनी राजा हुन्, उनको व्यक्तित्व सधैं उत्कृष्ट रहँदै आएको छ र अहिले उनी राम्रोसँग हिंड्न पनि सक्दैनन्,’ इडिन्होले बताए । ‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घर बाहिर हुने काममा सरिक हुनै चाहँदैनन्,’ उनका छोराले जानकारी दिए । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...