News Portal

  • क्वारेन्टाइन राख्ने विषयमा भक्तपुरमा स्थानीयवासी र प्रहरीबीच झडप

    भक्तपुरपोष्ट संवाददाता२ फागुन २०७६
    २२५९ पटक
    २ फागुन २०७६

    भक्तपुर । चीनबाट फर्कने नेपालीहरुका लागि क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ ।

    चीनमा रहेका नेपालीको उद्धारका लागि जाने नेपाल वायुसेवा निगमको विमानका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई राख्न नगरकोटमा क्वारेन्टाइन बनाउने सरकारको योजना छ ।

    सरकारले चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको विरोधमा स्थानीयहरुले केही दिनदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका थिए ।

    शुक्रबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुगेको थियो । टोली अनुगमन तथा निरीक्षणका लागि आउने थाहा पाएपछि स्थानीयहरुले यातायातसमेत अवरुद्ध गरेर सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।

    सडकमा भएको अवरोध हटाउने क्रममा झडप भएको हो । सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । झडपमा दुवैतर्फ सामान्य घाइते भएको एक स्थानीयले बताए । महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले उक्त क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाएको पुष्टी गरे । उक्त क्षेत्रको अहिलेको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

    स्थानीयहरुले कोराना प्रभावितहरुलाई बस्तीको बीचमा नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...