News Portal

  • प्रधानमन्त्री ओलीले संसदमा खोले चीनबाट उद्धार गरिने नेपालीलाई भक्तपुरमै राख्नुपर्ने कारण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    २३५८ पटक
    भक्तपुर, ३ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस प्रभावित चीनको वुहान क्षेत्रबाट उद्धार गरि नेपाल ल्याउन लागेका नेपालीलाई भक्तपुर राख्नुपर्ने कारण खुलासा गरेका छन् । उनले भक्तपुर आफ्नो जिल्ला भएका कारण भक्तपुरमा राख्न लागिएको बताएका हुन् ।

    शनिवार संसदलाई सम्बोधन गर्दै उनले भने, ”७७ जिल्ला मध्ये एउटामा त राख्न पर्यो ? कसैले आफ्नोमा राखौ नभन्ने । त्यसैले मैले मेरै जिल्लामा राख्ने निर्णय लिए । भक्तपुर मेरो पनि गृह जिल्ला हो ।”

    उनले बिरामीलाई नेपाल नल्याइएको बताउदै त्यैपनि बाटोमा संक्रमण भए/नभएको यकिन गर्न क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको जानकारी गराए ।

    संसदमा भक्तपुरका निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रेम सुवालले उपत्यका बाहिर नराखी भक्तपुरमा उनीहरुलाई राख्नुका कारण सोधेका थिए । उनको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने ” डाक्टर र मेडिकल सुविधा सम्पन्न ठाउँ आवश्यक भएकोले उपत्यका बाहिर निर्जन जंगलमा राख्न नसकिएको हो ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...