News Portal

  • अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पाँच खेलको नतिजा : भक्तपुरलाई एक स्वर्ण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० फागुन
    ११६० पटक
    भक्तपुर, १० फागुन

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता विभिन्न खेलहरुको अन्तिम खेलहरु सम्पन्न गरिएको छ । शनिबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भड्का भएका खेलहरुको अन्तिम नतिजा प्राप्त भएको हो ।

    प्रतियोगिता अन्तर्गत १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका धर्म महर्जन प्रथम भएका छन् भने चाँगुनारायणका सागर श्रेष्ठ द्वितिय, र भक्तपुरका सुरेन्द्र ग्वाछा तृतिय हुन सफल भए ।

    डिस्कस थ्रो पुरुषतर्फ मन्थली नपाका सुर्यबहादुर माझी प्रथम, मन्थली नपाका रामकुमार श्रेष्ठ द्वितिय र चौडन्डी नपा उदयपुरका बबिन मगरले तृतिय स्थान हासिल गरे भने सोही खेलको महिलातर्फ पनि मन्थलीकै पुजा तामाङ प्रथम, भक्तपुरका निशा ब्लोन द्वितिय र भक्तपुर नपाका खुशी जयशवाल तृतिय हुन सफल भए ।

    लङजम्प पुरुषतर्फ भरतपुर महा नगरका भुवन महत्तो प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ दितिय र भक्तपुर नपाका रोशन पहरीले तृतिय स्थान हासिल गरे । लङजम्प महिलातर्फको फाइनलमा भने ललितपुर महा नगरका काजल विष्ट प्रथम, भक्तपुर नपाका निशा ब्लोन द्वितिय र चौडन्डी नपाका इसा राई तृतिय हुन सफल भए ।

    यसैगरी, १ हजार मिटर दौडमा महिलातर्फ किर्तिपुर नपाका शकुन्तला ठगुन्ना प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितिय र ललितपुर महानपाका निशा थापा तृतिय हुन सफल भए । ४ सय मिटर दौडमा पुरुषतर्फ भक्तपुर नपाका सुरेन्द्र परियार प्रथम, चौतारा नपा साँगाचोक गढी नपाका दर्पण श्रेष्ठ द्वितिय र वागीश्वरी नपाका विक्रम खड्का तृतिय हुन सफल भए भने ४ सय मिटर दौड महिलामा ललितपुर महानपाका रजिना दुलाल प्रथम, भक्तपुर नपाका श्रयुष्का शिल्पकार द्वितिय र भक्तपुर नपाकै उर्जा मधिकर्मी तृतिय हुन सफल भए ।

    खेलमा प्रथम द्वितीय र तृतीय हुने खेलाडी लाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बताइएको छ ।८ गतेबाट शुरु प्रतियोगिता १२ गते समापन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...