News Portal

  • भाटभटेनीमा जुत्ता किन्दा भक्तपुर पोस्टका मानन्धरलाई पर्यो बेलायत जाने चिठ्ठा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० फागुन
    २१९४ पटक
    भक्तपुर, १० फागुन

    भक्तपुर पोस्टका ब्यवस्थापक समेत रहेका पत्रकार एवम् ब्यवसायी राजेशमान मानन्धर(रिभेकमान) लाई बेलायत जाने चिठ्ठा परेको छ । न्यू ब्यालेन्स ब्राण्डको जुत्ता खरिद गर्दा उनलाई उक्त चिठ्ठा परेका हो ।

    देशैभरी सन्जाल रहेको भाटभटेनी सुपरमार्केटले आफ्ना ग्राहकका लागि ल्याएको चिठ्ठा योजना अन्तर्गत भाग्यशाली ग्राहकमा परेपछि मानन्धरले बेलायत जाने अवसर पाएका हुन् ।

    उनले मध्यपुर ठिमीको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट बाट २ महिना अघि न्यू ब्यालेन्स ब्राण्डको जुत्ता खरिद गरेका थिए ।

    बिहीबार एक प्रत्यक्ष कार्यक्रममा लक्की ड्र मार्फत भाग्यशाली ग्राहक छान्दा मानन्धर छानिएका राधेराधेस्थित भाटभटेनी सुपरमार्केटका म्यानेजर विनोेदराज गिरीले बताए ।

    भाटभटेनीका देशैभर रहेका १८ सुपरमार्केट मध्ये आफ्ना पाँच भाग्यशाली ग्राहकहरुलाई चर्चित इङलिस क्लब लिभरपुलको घरेलु मैदान एनफिल्डमा प्रिमियर लिगको प्रत्यक्ष अवलोकन गर्न लैजाने उनको भनाइ छ ।

    भाटभटेनी भक्तपुरकी सेल्स सुपरभाइजर लक्ष्मी राईले भक्तपुर पोस्टसंग भने अनुसार एक जनाले १५ हजार बराबरको न्यु ब्यालेन्स ब्राण्डको सामग्री किन्दा एक कुपन पाएका थिए । भक्तपुरको भाटभटेनीबाट ८४ वटा कुपन ‘लक्की ड्र’ मा राखिएको थियो ।

    भाग्यशाली ५ जना ग्राहकहरुलाई भाटभटेनीले सम्पूर्ण खर्च व्यहोर्ने गरी २१ मार्च, २०२० का दिन इङलिस प्रिमियर लिग तर्फ लिभरपुल र क्रिस्टल प्यालेसबीच हुने खेल प्रत्यक्ष हेर्न एनफिल्ड (लिभरपुल, बेलायत) लैजाने घोषणा बमोजिम लक्की ड्र भएको हो ।

    भाग्यशाली ५ जना ग्राहकहरु छान्न भएको ‘लक्की ड्र’ मा भक्तपुरबाटै २ जना परेका छन् । अर्का भक्तपुरका भाग्यशाली ग्राहक भने भक्तपुरकै कुमार केसी रहेका छन् । थप ३ जनामा भने पोखराबाट १, बुटबल बाट १ र विराटनगर बाट १ जना छानिएका छन् । देशैभरका कुपन एकै ठाउँ राखी एक विशेष कार्यक्रमका बीच प्रत्यक्ष प्रशारण मार्फत कुपन झिकिएको थियो । उक्त कार्यक्रमको संचालन माल्भिका सुब्बाले गरेकी थिइन् भने बिभिन्न ख्यातीप्राप्त व्यक्तिहरुले क्रमश कुपन छनोट गरेका थिए ।

    बेलायत जाने अवसर पाएका भक्तपुर पोस्टकर्मी मानन्धरलाई प्रत्यक्ष कार्यक्रमकै बीच माल्भिकाको फोन आएको थियो । ”शुरुमा त मलाइ पत्यार नै लागेन । कसैले जिस्काए जस्तो लाग्यो ।” भाग्यशाली बिजेता बनेका मानन्धरले भने । उनलाई योजना ग्राहक तान्न मात्र प्रचार गर्ने कुरा जस्तो लागेपनि आफैलाई परेपछि भने दंग परेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...