News Portal

  • दीर्घ दमखोकीका विरामीलाई खुशीको खबर : जापानी सहयोगमा भक्तपुरमै पुन:स्थापना केन्द्र

    भक्तपुरपोस्ट भक्तपुर, १५ फागुन
    २८५२ पटक
    भक्तपुर, १५ फागुन

    दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्रले उपचार शरु गर्ने भएको हो ।

    जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्र संचालनको तयारी गरिएको छ । पहिलो चरणमा पुन:स्थापना केन्द्रको भवन निर्माण गरेको जिम्टेफले उपचार शुरु गर्न दोस्रो चरणको सम्झौता बुधबार सम्पन्न गरेको हो । ‘जिम्टेफ’ जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था हो ।

    नेपालस्थित जापानी राजदूत मसामिची साइगो र जिम्टेफका नेपाल प्रतिनिधि मायदानोरिको बीच काठमाडौस्थित राजदुतावासको कार्यालयमा दोस्रो चरणको सम्झौता सम्पन्न भएको र त्यसमा केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिद पश्चात नेपाली चिकित्सकहरुलाई उपचार सम्बन्धि तालिम दिने तथा जापानी विज्ञहरुको उपस्थितिमा उपचार गराउने विषय उल्लेख रहेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर पोस्टलाई जानकारी दिए ।

    उक्त अवसरमा राजदुत मासामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहगोगमा भक्तपुर नगरपालिकामा संचालन हुने केन्द्रले दुई देशका जनताबीचको सम्बन्धलाई थप सुमधुर पार्न विश्वास व्यक्त गरेका थिए । बढ्दो वायु प्रदुषणसंगै बढेको श्वासप्रश्वास सम्बन्धि दीर्घ रोगीहरुलाई यसले राहत मिल्ने राजदुतको भनाइ छ ।

    जिम्टेफका नेपाल प्रतिनिधि मायदानोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुन:स्थापना केन्द्र संचालनको तीनवर्षे योजना अन्तर्गत पहिलो वर्ष भवन निर्माण र उपकरण खरिद प्रकृया सफलतापूर्वक सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकहरुलाई यस उपचार विधिबारे तालिम संचालन गरी विरामीको उपचार शुरु गर्ने तयारी भइरहेको बताइन ।

    कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले केन्द्र स्थापनाका लागि भक्तपुर छनोट गरेकोमा आभार प्रकट गर्दै जन सहभागितामा उपभोक्ता समितिमार्फत लागत अनुमान भन्दा कम खर्चमा गुणस्तरीय भवन तयार भएको जानकारी गराएका थिए ।

    कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर एवं सोलिड नेपालकाकार्यकारी निर्देशक डा. खेमबहादुर कार्की लगायतले बोलेका थिए ।

    पहिलो चरणको सम्झौता अनुरुप जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवन निर्माण गर्न १ करोड ७० लाख रुपैया आर्थिक सहयोग निःशर्त अनुदान दिएको थियो । नगरपालिकाले आफ्नो ५ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गामा दुइटा फरक फरक उपभोक्ता समिति मार्फत भवन निर्माण कार्य सम्पन्न गरेको वडाध्यक्ष ज्याख्वले जानकारी गराए ।

    उक्त भवनमा दीर्घ दमखोकी रोगका विरामीहरुलाई जापानी फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने र त्यसकालागिआवश्यक चिकित्सकीय उपकरणहरु जडान गर्ने कार्य भइरहेको पनि उनले बताए । चैत्र ३ गते यसको उद्घाटन गर्ने योजना रहेको वडाध्यक्ष ज्याख्वले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...