News Portal

  • छ लेन सडकमा प्रहरीको ‘राडार गन’ : तिब्र गतिका सवारी साधनलाई तत्कालै कारवाही हुने

    राजेशमान मानन्धर भक्तपुर, १८ फागुन
    १९५१ पटक
    भक्तपुर, १८ फागुन

    अरनिको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । सवारी साधनको अत्यधिक गतिका कारण सडक दुर्घटना हुने गरेको निष्कर्ष सहित यस्तो यन्त्र जडान गरिने भएको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख समेत रहेका एसपी सविन प्रधानले सवारी सधानको गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गर्न लागिएको जानकारी गराए । आइतवार नै सूर्यविनायक देखि जडिबुटीसम्म ‘छ लेन सडक’को दुई स्थानमा गति नाप्ने यन्त्र जडान गरिने एसपी प्रधानको भनाइ छ ।

    यस ‘राडार गन’ ले २ सय मिटर परबाट आएको गाडीको गति देखाउने बताइएको छ । ‘राडार गन’ जडान गरेको थाहाँ पाए चालकले उक्त स्थानमा गति कम गर्न सक्ने हुनाले कुन स्थानमा राख्ने भन्ने गोप्य गरिएको छ ।

    ‘राडार गन’ ले सवारीसाधनको गति पत्ता लगाई तिब्र गतिमा संचालन गरेको भए ठाउँको ठाउँ कारवाही गर्ने व्यवस्था मिलाइएको एसपी प्रधानको दावी छ । तीब्र गतिमा गुडेका सवारी सधानलाई अघिल्लो स्टेसनमै प्रहरीले समातेर कारवाही गरिने उनले बताए ।” हामी सम्भव भएसम्म त्यसै समयमा नभए त्यसको रेकर्ड हेरेर अन्य बेलामा पनि कारवाही गर्छौं । तर नियम तोड्नेलाई उन्मुक्ति हुँदैन ” उनले भने । उक्त सडकमा ५० किमि प्रति घण्टाको गति कायम गरिएको छ।

    आइतवार नै प्रहरीले छ लेन सडकमा अर्को यन्त्र पनि जडान गर्ने जानकारी गराइएको छ । प्रहरीका अनुसार सडकमा गुड्ने सवारीका नम्बर, रंग आदी समेत थाहाँ पाउने गरी अर्को महत्वपूर्ण यन्त्र समेत आइतवार नै जडान हुँदैछ । प्रहरीले बिहीवारबाट छ लेन सडक अन्तर्गत दायाँ लेन निजी सवारीसाधनको लागि र बायाँ लेन भाडाको सवारीका लागि छुट्याएर यातायात संचालन गरिरहेको छ । आइतवार जडान गरिने नम्बर पहिचान गर्ने क्यामेराले नियम तोड्ने र दुर्घटना गराउने सवारी साधन चिन्न र कारवाही गर्न सहयोग पुग्ने प्रहरीको विस्वास छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाको अपराध नियन्त्रण हुँदै गएको समेत दावी गरेको छ । आइतवार पत्रकार सम्मेलन मार्फत प्रहरीले यस्तो दावी गरेको हो । उक्त अवसरमा परिसर प्रमुख एसपी प्रधान, सूचना अधिकारीसमेत रहेका डीएसपी दीपक गिरी, जगाती वृत्तका प्रमुख रहेका डीएसपी चक्रराज जोशी, थिमी वृत्तका प्रमुख रहेका डीएसपी शान्तिराज कोइराला लगायतको उपस्थिति रहेको थियो ।

    हेर्नुस भक्तपुर प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको विस्तृत विवरण

    Meet the Press Slides

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...