News Portal

  • चुनदेवीमा फिल्मी शैलीको भयानक दुर्घटना : काठमाडौं वर्ल्डका विद्यार्थी सहित १५ घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ फागुन
    ३४६९ पटक
    भक्तपुर, २३ फागुन

    अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो ।

    गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना गराएपछि १० वटा सवारी साधन एकापसमा ठोक्किएका र १५ जना घाइते भएका थिए भने केहिवेर यातायात समेत ठप्प भएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरले काठमाडौं वर्ल्ड स्कूलको भ्यानले दुर्घटना गराएको पुष्टि गरेको छ ।

    प्रहरीका अनुसार दिउसो करिब पौने ३ बजेको समयमा सूर्यविनायकबाट सल्लाघारी तर्फ आउदै गरेको प्रदेश नं. ३-०१-००३ प ४६४७ नम्बरको काठमाडौं वर्ल्ड स्कूलको भ्यानले एक्कासी ब्रेक लगाएपछि पछाडी आउदै गरेका १० वटा सवारी साधन एकापसमा ठोक्किएका थिए । भ्यानका चालकले भने अघिल्लो सवारीलाई बचाउन खोज्दा अचानक ब्रेक लगाउनु परेको जिकिर गरेका छन् ।

    काठमाडौं वर्ल्ड स्कूलको भ्यानलाई पछाडी आउदै गरेको बा १६ च ४३६१ नं.को टाटा मोबायल गाडीले ठक्कर दिएको थियो । उक्त टाटा मोबायललाई पछाडी आउदै गरेको बा ४१ प ४४०९ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो ।

    त्यसैगरी बा ३ ख ३३४९ नं.को बस, २८३६नम्बरको कार, बा ७० प ४४४५ नं.को मोटर साइकल, प्रदेश नं. ३-०२-००७ प ९६६४ नं.को स्कुटी, प्रदेश नं. ३-०१-००३ क ४६४४ नं. को भ्यान, प्रदेश नं.३-०१-००३ क ४६४१ नं.को भ्यान, प्रदेश नं. ३ -०२-०१० प ३७६३ नं.को मोटर साइकल सहित १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी दिपक गिरीले जनाएका छन् ।

    भयानक दुर्घटना भएपनि त्यसबाट कुनै मानवीय क्षती भने भएको छैन । तत्काल दुर्घटना स्थल पुगेको प्रहरीले दुर्घटनामा परेका १५ जना मानिसहरुलाई उद्धार गरी उपचारका लागि डा. ईवामुरा स्मृती अस्पताल सल्लाघारी पुर्याएको थियो । उनीहरु सबै नै डिस्चार्ज भईसकेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

    घाइते भएका १५ मध्ये १० जना काठमाडौं वर्ल्ड स्कुलको भ्यानमा सवार थिए । स्कूलका शिक्षक आशिष न्यौपाने र कर्मचारी डिल्ली बुढा घाइते भएका थिए भने घाइते हुने बालबालिकामा नरगना थापा, शान्दी प्रजापति, शाहिसा सेढाई, साहीस सेढाई,अनुभव क्षेत्री,जेनिफर बस्नेत,आरुप चौलागाई,आदित्य गिरी, शिलदिया प्रजापति रहेका थिए ।

    अन्य घाइतेमा मोटरसाइकल चालक काभ्रे पाचखालका राम चन्द्र बि.क., स्कुटी चालक ओखलढुंगाका गुना केशरी बस्नेत, स्कुटी पछाडी सवार शर्मिला के.सी.र टाटा मोबायल चालक मकवानपुर भिमफेदीका सुदिप लाल डंगोल रहेका र उनीहरु सबै डिस्चार्ज भै घर गैसकेका प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...