News Portal

  • सरकारले माग गरेको स्वयंसेवक शिक्षकमा युवाको आकर्षण : १२ हजार बढीको आवेदन पर्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ फागुन
    १३३७ पटक
    भक्तपुर, २५ फागुन

    सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रममा स्वयंसेवकहरुको आकर्षण देखिएको छ । आगामी शैक्षिक सत्रका लागि १५ सय स्वयंसेवक छनोट गर्न सरकारले आवेदन माग गर्दा १२ हजार जनाभन्दा बढीले स्वयंसेवक शिक्षक हुन फारम भरेका छन् ।

    शिक्षण स्वयंसेवक परिचालन कार्यविधि- २०७६ अन्तर्गत रही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वयमसेवक शिक्षक माग गरेको थियो । उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माघ २९ मा सदर गरेका थिए ।

    दश दिनको समय सीमा दिएर स्वयंसेवक शिक्षक माग गरिएको आइतवार अन्तिम दिन भएको केन्द्रका महानिर्देशक तुलसी प्रसाद थपलियाले भक्तपुर पोस्टलाई जानकारी गराए । अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको केन्द्रमा आइतबारसम्म परेको आवेदन बाट केन्द्र उत्साहित बनेको उनको भनाइ छ।

    कार्यविधिकै अधिनमा रही शिक्षक छनौट गर्ने र उनीहरुलाई स्थानीय तहमा पठाउने बताइएको छ । केन्द्रले छानेर पठाएका स्वयमसेवक शिक्षकलाई विद्यालयले वैशाखदेखि चैत सम्म काममा लगाउनुपर्ने व्यवस्था मिलाइएको छ ।

    विद्यालयमा शिक्षक संख्या कम भएपछि क्षमतावान युवाहरुलाई शिक्षा सेवामा आकर्षित गर्न यस्तो योजना ल्याइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका सल्लाहकार जीवन गौतमले बताए ।अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक र प्राविधिक धारका विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने निर्णय भएको उनले भक्तपुर पोस्टसंग भने ।

    शिक्षक अभावलाई पूर्ती गर्न यो अल्पकालीन योजना भएको भन्दै मन्त्रालयका सह सचिव कृष्ण काप्रिले तत्काल ‘झाडापखाला लागेको विरामीलाई पहिला जीवनजल खुवाएर अरु उपचार गर्नुपर्ने अवस्था आए झैं’ शिक्षण स्वयंसेवक कार्यक्रम ल्याउनुपरेको प्रष्ट पारे ।

    अहिले पठाउन लागिएका करिव १५ सय स्वयंसेवक शिक्षकलाई शिक्षण अनुमति प्रमाणपत्र (लाइसेन्स) आवश्यक पर्ने छैन । चालू आर्थिक वर्षको बजेट भाषणमा सरकारले ‘चिनौं आफ्नो माटो, बनाउँ आफ्नै देश’ अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो । यसरी पढाउन नियुक्त भएका शिक्षकलाई १२ महिनाको तलब दिइनेछ भने यस कार्यक्रमका लागि सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । आगामी शैक्षिक शत्रदेखि एक वर्षका लागि करारमा स्वयंसेवक शिक्षक नियुक्त गर्न लागिएको हो । मन्त्रालयले स्वयंसेवक शिक्षक बन्न इच्छुकहरुलाई यही फागुन २५ गतेभित्र दरखास्त दिन आह्वान गर्दै सूचना जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...