News Portal

  • यस्तो बन्यो अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    भक्तपुरपोष्ट संवाददातासानोठिमी, २७ फागुन
    १९९७ पटक
    सानोठिमी, २७ फागुन

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको भोलीपल्ट नै उक्त संगठनको सानोठिमी क्याम्पस कमिटीले पनि पूर्णता पाएको छ ।

    सोमबार अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटी गठन भएको हो । यस अघि आइतवार उक्त संगठनको जिल्ला नेतृत्वले सानोठिमी क्याम्पस कमिटी संयोजकमा प्रकाश केसी र सह संयोजकमा गोरख केसीलाई चयन गर्दै ५१ सदस्यीय क्याम्पस कमिटी बिस्तार गर्न म्यान्डेट दिएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटीमा तत्कालीन अनेरास्ववियू(क्रान्तिकारी) बाट २६ जना र तत्कालीन अनेरास्ववियुबाट २५ जना चयन भएका छन् । गत स्ववियू निर्वाचनमा उक्त क्याम्पसमा तत्कालीन अनेरास्ववियू(क्रान्तिकारी) का रमेश खड्काले सभापतिमा जीत हासील गरेका थिए । अहिले उनी अनेरास्ववियूका केन्द्रीय सदस्य समेत हुन् ।

    हेर्नुस् अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...