News Portal

  • कोरोना विशेष छुट्टै आकस्मिक बेड तयार गर्न भक्तपुर भित्रका अस्पताललाई अपिल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ फागुन
    १४९४ पटक
    भक्तपुर, २८ फागुन

    भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभेड १९) को सम्भावित खतरालाई मध्यनजर गर्दै आफ्नो नगर क्षेत्रका स्वास्थ्य संस्थालाई सजग रहन भनेको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका स्वास्थ्य संस्थालाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग गराउंदै छुट्टै वार्डसहित बेडको व्यवस्था गर्न समेत आग्रह गरेको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पत्रचारै गरेर नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग रहन र रोकथाम तथा नियन्त्रणको लागि छुट्टै बेडको व्यवस्था मिलाउन अनुरोध गरेको जानकारी गराए । ” हामीले सम्पर्क गरेर पनि भनेका छौ , पत्राचार पनि गरेका छौ । कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिने क्रममा रहेकोले सम्भावित जोखिम प्रति हामी संवेदनशील छौ ।” उनले भने ।

    भक्तपुर नगरपालिकाको क्षेत्रभित्र ६ वटा स्वास्थ्य संस्थाहरु सञ्चालित छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्र भक्तपुरका मूख्य स्वास्थ्य संस्था हुन् ।

    नगरपालिका क्षेत्रभित्र रहेका यि सबै स्वास्थ्य संस्थाले आफ्नो क्षमताले सकेसम्म बढी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी छुट्टै बेडको व्यवस्था मिलाउन नगरपालिकाले पत्राचार गरेको मेयर प्रजापतिले प्रष्ट पारे । उनका अनुसार सम्भावित विरामीहरुको सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालहरुमा रिफर गरी पठाउने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

    त्यस्तै कोरोना भाइरस (कोभिड–१९) बारे सर्वसाधारणमा जनचेतना फैलाउन र यसको सम्भावित संक्रमण बाट बच्ने उपाय सिकाउन समेत  नगरपालिकाले आफ्नो क्षेत्रमा संचालित स्वास्थ्य सस्थाहरुलाई पत्र पठाई अनुरोध गरेको छ । विकशित र शक्तिशाली भनिएका देशहरु नै यसबाट प्रभावित भएकोले यसलाई हल्का ढंगमा लिन नहुने र  आ आफ्नो ठाउँ बाट यसको रोकथामको लागि ब्यापक अभियान चलाउन  पर्ने मेयर प्रजापतिले बताए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...