News Portal

  • एसईई रोकेर सावधानी अपनाउने कि नरोकेर जोखिम उठाउने : सोमबार निर्णय हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत
    २२०६ पटक
    भक्तपुर, २ चैत

    भक्तपुर । विहीवारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) हुने / नहुने बारे अन्योल कायमै छ । यद्यपी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने आइतवार सम्म पनि परीक्षा हुने विषयमा कुनै अन्योल नरहेको जिकिर गर्दै आएको छ ।

    कोरोना भाइरस (कोभेड १९) ले विश्वव्यापी महामारी लिएको अवस्थामा नेपालमा पनि सम्भावित संक्रमणलाई मध्यनजर गर्दै एसईई स्थगित गर्नुपर्ने मतहरु बाहिर आएका छन् । भक्तपुर पोस्टलाई प्राप्त सूचना अनुसार सरकारका सचिव स्तरीय बैठकमा परीक्षा गरेर जोखिम मोल्न नहुने तर्क गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने परीक्षा गर्ने वा नगर्ने बारे अन्तिम निर्णय लिन प्रदेशका सामाजिक विकाश मन्त्रीहरुको बैठक डाकेको छ । भक्तपुर पोस्ट श्रोतका अनुसार सोमबार प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठकमा एसईईको तयारी र कोरोनाको प्रभावबारे छलफल हुनेछ । एसईई परीक्षाको संचालन प्रदेश सरकारले गर्ने भएकाले पनि प्रदेशका सामाजिक विकाश मन्त्रीहरुको धारणा सहित संघीय सरकारले परीक्षाबारे निर्णय लिन खोजेको श्रोतको दावी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदेशका सामाजिक विकाश मन्त्रीहरुको सोमबार बैठक बोलाएका हुन् ।

    आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणले माहामारीकै रुप लिए एसईई सर्न सक्ने संकेत गरेका थिए । कुनै एउटा केन्द्रमा संक्रमणको अवस्था देखिए अथवा परीक्षाकै क्रममा कोरोनाले बिरामी बनाए परीक्षा प्रभावित बन्ने विषयमा दुईमत देखिंदैन । यसर्थ, शुरुमै परीक्षा रोकेर सावधानी अपनाउने अथवा जोखिमको अपजस बोकेरै भएपनि परीक्षा गर्ने भन्ने कुरामा सरकार दुविधामा रहेको देखिएको छ ।

    सरकार सोमबार एउटा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । सरकारले यस अघि नै अन्य परीक्षा भने चैत पाँच गते भित्र सकाइसक्न निर्देशन दिइसकेको छ ।

    यसवर्ष देशभर १ हजार ९ सय ९५ वटा एसईई परीक्षा केन्द्र राख्ने तयारी रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र कोरोनाको संक्रमण हुन नदिने गरी एसईई परीक्षा संचालन गर्ने निर्णय लिइसकेको छ ।

    याे पनि

    सिंहदरवारमा प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठक सकियो : एसईई नरोकिने

     

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...