News Portal

  • कोरोनाका सम्भावित बिरामी राख्न भक्तपुरका दुई ठाउँमा आइसोलेसन सेन्टर बनाउदै सरकार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    १९७५ पटक
    भक्तपुर, ३ फागुन

    सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएमा उपचार गर्न उपत्यकामा बिभिन्न ठाउँमा आइसोलेसन सेन्टर बनाउनुका साथै १ हजार आइसोलेसन बेड तयार पार्ने भएको छ । त्यसमध्ये भक्तपुरमा २ ठाउँमा आइसोलेसन सेन्टर र २ सय ८० बेड बनाउने तयारी भएको छ ।

    कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    प्राप्त सूचना अनुसार यस अघि क्वारेन्टाइन बनाइएको खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएको छ । खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २० आइसुलेसन बेड बनाउने र नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा ६० बेड बनाउने निर्णय गरिएको बताइएको छ ।

    बैठकले उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पताल, कीर्तिपुर आयुर्वेदिक अस्पताल, टेकु अस्पताल, पाटन अस्पताल र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा समेत आइसोलेसन् सेन्टर कायम गरी बेडहरु व्यवस्था गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । त्यसैगरी सरकारले कोरानाका सम्भावित विरामीलाई लक्षित गरी उपत्यकामा १ सय बढी आईसीयू बेड तयार पार्ने समेत निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...