News Portal

  • कौसलटार दुर्घटनामा २२ वर्षीय युवक सरोज श्रेष्ठको ज्यान गयो : युवती प्रहरी नियन्त्रणमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    २०९७ पटक
    भक्तपुर, ४ फागुन

    भक्तपुरको कौसलटारमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने युवती प्रहरी नियन्त्रणमा रहेकी छन् ।

    मध्यपुर ठिमी ३ कौशलटार स्थित छ लेन सडकमा मंगलवार दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकल चालक रहेका युवकको ज्यान गएको हो । ज्यान जानेमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती १२ रोशी बस्ने बर्ष २२ को सरोज श्रेष्‍ठ रहेको महानगरीय प्रहरी परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

    कोटेश्‍वरबाट सूर्यबिनायक तर्फ आउदै गरेको बा ५८ प १६७७ नं. को मोटर साइकलले सोही दिशाबाट आउदै गरेको स्कुटर लाई ठक्कर दिंदा भएको दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठको ज्यान गएको प्रहरीको भनाइ छ । सख्त घाईते भएका श्रेष्ठलाई गठ्ठाघरस्थित नागरिक
    अस्पताल पुर्याएपनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

    स्कुटर चालक मध्यपुर ठिमी नगरापालिका वडा नम्बर ८ बोडे बस्ने बर्ष १८ की ईशा ढेकेलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...