News Portal

  • कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ६ चैत २०७६
    ५३८८ पटक
    भक्तपुर, ६ चैत २०७६

    नयाँ वर्षसंँगै मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे भक्तपुरको बिस्केट जात्रा यस वर्ष कसरी मनाउने भन्ने विषयमा बिचारबिमर्स शुरु भएको छ । कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन बिस्केट जात्रालाई कसरी निरन्तरता दिने भन्ने विषयमा चासो र चिन्ता व्यक्त गरिएको छ ।

    भक्तपुर नगरपालिकाको आयोजनामा बिहीवार बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रमम प्रमुख बक्ताको रुपमा रहेका नगर प्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक सविन प्रधान त्यसैगरी वडाध्यक्ष कुमार चवाल र राजकृष्ण गोरा,गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य सहभागीहरु रामबहादुर प्रजापति, केशव तमखु, न्हुछेराम भेले, गोविन्द मल्ल लगायतले कोरोना भाइरसको त्रासले गर्दा यस वर्ष बिस्केट जात्रा चुनौतीपूर्ण भएको भनेका थिए । सरकारले पच्चीस जना भन्दा बढी भेला नहुन उर्दी जारी गरेको अवस्थामा जात्रा मनाउनु चुनौती भएको उनीहरुको भनाइ छ ।

    बिस्केट जात्रा सञ्चालन सम्बन्धी आवश्यक निर्णय लिन नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा एक कार्यदल नै गठन गरिएको छ । उक्त कार्यदल १० सदस्यीय बनेको नगरपालिकाले जनाएको छ ।  कार्यदलको निर्णयानुसार  जात्रा व्यवस्थापन गरिने बताइएको छ । यस अघि चैत ४ देखि ८ गते सम्मका लागि तय भएको भक्तपुर महोत्सव कोरोनाकै कारण स्थगित गरिएको थियो । बिस्केट जात्राका लागि भने अझै समय रहेकोले त्यस बेला सम्म कोभेड १९ को प्रकोप अन्त्य हुने आशा गरिएको छ ।

    कार्यदलका सदस्यहरु यस प्रकार रहेका छन् :
    १. संयोजक – सुनिल प्रजापति
    २. सदस्य – प्रमुख जिल्ला अधिकारी
    ३. सदस्य – भनपा वडा नं. ४ का वडाध्यक्ष
    ४. सदस्य – भनपा वडा नं. ५ का वडाध्यक्ष
    ५. सदस्य – जिल्लाका सुरक्षा निकाय प्रमुखहरु
    ६. सदस्य – भक्तपुर विद्युत प्राधिकरण प्रमुख
    ७. सदस्य – भक्तपुर दूर सञ्चार प्रमुख
    ८. सदस्य – खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख
    ९. सदस्य – भैरवनाथ जात्रा सहयोग समिति
    १०. सदस्य – भैरवनाथ गुठी नाइके

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...